काठमाडौं । नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गरेका छन् । शुक्रबार बिहान फोहोर लिएर औखरपौवा गएका गाडीलाई उनीहरुले पूरा हुने क्रममा रहेको मागलाई नै तेर्साएर ठूलोखोलाको सडकमै रोकेका हुन् ।
स्थानीय १६ वटा विद्यालयमा थप ५१ जना शिक्षक दरबन्दी माग्दै फोहोर फाल्न अवरोध गरिएको काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
माग पूरा नभएसम्म फोहोर फल्न नदिइने स्थानीयको चेतावनी छ । तर, महानगरपालिकाले काम अघि बढिसकेकाले अवरोध गर्नुको कुनै औचित्य नहुने बताएको छ ।
प्रतिक्रिया