काठमाडौं । पूर्ण शिक्षक दरवन्दीको माग पुरा नभएको भन्दै नुवाकोटस्थित सिसडोलमा फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले आन्दोलनको चेतावनी दिएको छ ।
सरकारी जागिरको स्याथी खोज्दै उनिहरुले चैत १३ गतेदेखि फोहोर रोक्ने चेतावनी दिएका हुन् ।
संघर्ष समितिले ककनी गाँउ पालिका वडा नं १,२ र ३का १६ वटा व्यवस्थापन समिति , प्रध्यापक, शिक्षक सबैलाई अनिवार्य उपस्थितीको लागि उर्दी जारी गरेको छ ।
समस्यालाई लिएर काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुसँग धेरै पटक वार्ता गर्दा पनि समस्याको समाधान नगरेको समितिको आरोप छ ।
सरकारी विद्यालयको लेटर हेडमा नै आन्दोलनको उर्दी जारी गर्दा लजास्पदन नै नहुने प्रवृतिको शिक्षकले एकपटक भने सोच्नु पर्ने देखिन्छ ।
हुनत स्थानीयवासीहरुले करोडौं रकममा जग्गा बेचेर पटक पटक विभिन्न माग गर्दै अवरोध भने नगरेका होइन् । उनिहरुको लागि अवरोध दुहुनो गाइजस्तो बनेको छ । हरेक पटक फरक फरक माग हुँदै अनेकौं बाहानामा फाहोरो रोक्ने गरेको छ ।
प्रतिक्रिया