काठमाडौं । स्वयम्भूस्थित सानो भर्याङबाट कालाबजारियाले लुकाएर राखेको १० लाख थान सर्जिकल मास्क नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखा खटिएको टोलीले छापा मारेर मास्क बरामद गरेको हो । कोरोना हल्लाले बजारमा मास्कको अभाव र कालोबजारी बढेपछि प्रहरी अनुगमनमा सक्रिय भएको छ ।
कोरोना भाइरसको संक्रमणपछि बजारमा कृत्रिम अभाव सृजना गरि कालोबजारी गर्न खोजेको आरोपमा प्रहरीले व्यापारीहरुमाथी विषेश निगरानी बढाएको छ।
प्रतिक्रिया