काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ ।
हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । कोलम्बिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ ।
डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो यात्रा पनि गर्न सकने छन् आफना ग्राहकलाइ लक्षित गरि २०० बाइक बेचेको उपलक्ष्य मा चैत्र ७ गते शनिबार बिहान ९ बजे हाउजे शोरुम काठमाडौं कमलपोखरी बाट अफ रोड र्याली सुरु भइ ४० कि मि को र्याली ललितपुर को देउराली टिका भैरब हुदै पुन जवालाखेल हाउजेको आधिकारिक सर्भिससेन्टर आएर अन्त्य भएको छ ।
र्यालीमा सहभागी राइडरलाइ खाजा, पेट्रोल, हाउजे ब्रान्ड प्रिन्ट गरेको ज्याकेट पनि दिइएको थियो र फ़ि चेक अप साथै वासिंग पनि ग्राहकले निशुल्क गरेका छन् । यस र्यालीमा कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नका म्यानेजिंग डाइरेकटर राज कर्णिकार साथै एन के १५० का पहिलो ग्राहक चन्द्र कुमार डंगोल, महिला राइडर अन्तरास्ट्रिय जुडो खेलाडी सुमित्रा राइ लगाएत ४० जना राइडर को पनि र्यालीमा सहभागीता भएको थियो र्यालीमा सहभागी मध्ये ३ जना राइडर ले अनुशासन सहित ट्राफिक नियम पालना गरेकोमा पुरस्कृत भएका छन् ।
प्रतिक्रिया