लगानीकर्ताको आकर्षण : दुई दिन मै बिक्री भयो सन्राइज ब्लूचिप फण्डको आधा भन्दा बढी इकाई

लगानीकर्ताको आकर्षण : दुई दिन मै बिक्री भयो सन्राइज ब्लूचिप फण्डको आधा भन्दा बढी इकाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सन्राइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ ।

क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशतइकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सन्राइज क्यापिटलले जानकारी दिएको छ ।

क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँअंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोडइकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशतइकाई कोष प्रवर्धक सन्राइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा २०७७/१२/०४ गते अर्थात अब दुई दिनबाँकी रहेको क्यापिटलले जनाएको छ ।

यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।

Recent Comments

No comments to show.