काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०४ गते (मंगलबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
चैत्र ०५ गते (बुधबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
चैत्र ०६ गते (बिहिबार)
दिउँसोः देशको पहाडी भू-भागमासामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया