काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
नेपाल धितापत्र बोर्डले मंगलबार अरुणलाई हाल कामय चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १:०.५ अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।
कम्पनीले यसअघि नै हकप्रद सेयर जारी गर्न मुक्तिनाथ क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया