सतुंगलबाट आठ ट्रक मास्क बरामद

सतुंगलबाट आठ ट्रक मास्क बरामद

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालाबजारियाले लुकाएर राखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ । काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो । 

ती दुई गोदाममा प्रहरीले आइतबार अपरान्ह सिल गरेको थियो । आज बिहान सिल खोलेर गोदामभित्र हेर्दा आठ लाख ४० हजार मास्क फेला परेको हो ।

प्रतिमास्क २–३ रूपैयाँ मूल्य पर्ने उक्त मास्क बजारमा ४०–५० रूपैयाँमा बिक्री गर्ने गरेको खुलेपछि गोदाममा छापा मारेको प्रहरीले जनाएको छ।

बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ ।

Recent Comments

No comments to show.