सरकार र विप्लव समूहबीच आजपनि वार्ता

सरकार र विप्लव समूहबीच आजपनि वार्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको राजनीतिक प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ । सरकार र चन्द पक्षको वार्ता सकारात्मक भएसँगै प्रतिबन्ध हटाउने तयारी भएको हो । 

सरकार र विप्लव पक्षबीच बुधबार दुई पटकसम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन आज पुनः बैठक बस्दैछ । हिजोको वार्तामा आजैदेखि विप्लवमाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको बताइएको छ । 

बुधबारको वार्ता सकारात्मक भएको र आजदेखि प्रतिबन्ध हटाउने तयारी भएको विप्लव समूह (नेकपा) का एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । 

यसअघि, सरकारले २०७५ फागुन २८ गते चन्द नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसबेला हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको थियो । 

 बुधबार भएको वार्तामा दुवै पक्ष समान धारणामा पुगेको प्रतिक्रिया सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दिएका थिए । दुई चरणमा भएको वार्तामा सहमति नजिक पुगिएको उनले बताएका थिए । 

Recent Comments

No comments to show.