राष्ट्रपतिद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

राष्ट्रपतिद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरेकी छिन‍्। मन्त्रिपरिषदको सोमवारको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

पुस ५ गते  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको थियो। राष्ट्रपतिले सोही दिन नै प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। 

फागुन ११ गते सर्वोच्चले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै निर्णय बदर गरेको थियो। साथै १३ दिन भित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश समेत दिएको थियो। त्यसैले सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकी हुन्। 

बैठकमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले ओलीलाई प्रधानमन्त्रबाट हटाउन गृहकार्य गरिरहेको छ। ओली विरुद्ध अविश्वाको प्रस्ताव अघि बढाउने की संसदीय दलको बैठक मार्फत दलको नेताबाट हटाउने भन्नेमा अन्यौलमा छ। ओली पनि संसद फेस गर्ने तयारीमा छन्।

Recent Comments

No comments to show.