काठमाडौं । नेपाली बजारमा लगातार घटेको सुनचाँदीको मूल्य आज बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि आज थोरै वृद्धि भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया