सुनको मूल्य घट्यो, तोलाको कति आज ?

सुनको मूल्य घट्यो, तोलाको कति आज ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा केहि दिनदेखि निरन्तर गिरावट आएको छ । शुक्रबार सुनको मूल्य तोलामा ८८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो । शुक्रबार पनि सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।      

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ८५० सय कायम गरिएको छ ।          

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १३५५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३२५ पुगेको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.