मौसम पुर्वअनुमान : कस्तो रहला आज दिनभरको मौसम ?

मौसम पुर्वअनुमान : कस्तो रहला आज दिनभरको मौसम ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अहिले देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान
फाल्गुन १६ गते (आइतबार)

दिउँसो : प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

राती : प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

फाल्गुन १७ गते (सोमबार)

दिउँसो : प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशकाका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फाल्गुन १८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

Recent Comments

No comments to show.