काठमाडौं । नेपाल तरुण दलले बैतडीको डिलासैनी गाउँपालिका वडा नं-३, पङसेरामा कांग्रेस नेताहरु सहभागी कार्यक्रममा भएको आक्रमणको निन्दा गरेको छ ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै यस्ता घटनाहरु दोहोरिए नेपाल तरुण दल चुप लागेर नबस्नेसमेत चेतावनी दिएका छन् ।
आक्रमणमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कारबाही गर्नसमेत तरुण दलले माग गरेको छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री एनपी साउँद, कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेविसंघका पूर्वअध्यक्ष नैन सिंह महर, सांसद नन्दा बम, निर्मला क्षेत्री, पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्वमन्त्री केशवबहादुर चन्द, पूर्वसभासद् बहादुरसिंह थापा, बैतडी कांग्रेसका सभापती नरेन्द्र सिंह थापा, नेपाली कांग्रेसका तर्फबाट निवाचित स्थानीय तहका जनप्रतिनिधिलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समूहका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।
प्रतिक्रिया