भागरथी बलात्कार र हत्या प्रकरणः शंकास्पद व्यक्ति पक्राउ

भागरथी बलात्कार र हत्या प्रकरणः शंकास्पद व्यक्ति पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । 

पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । पक्राउ परेका व्यक्ति सनातन माविमा कक्षा ११ मा पढ्छन् भने भागिरथी कक्षा १२ मा पढ्थिन् ।

भागरथीका छिमेकीसमेत रहेका उनलाई आज बिहान  १०:०० बजे  सार्वजनिक गरिने जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार ती व्यक्तिले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेका स्विकारिसकेका छन् ।

यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने प्रहरी प्रमुख अधिकारीले बताए । ‘हामीले सफलता हात पारेका छौं, केही समयपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘आधिकारिक पुष्टि गरेपछि सबै कुरा खुल्छ ।’

दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको शव माघ २२ गते खोचलेक-चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो ।

Recent Comments

No comments to show.