“भ्यालेन्टाइन डे” समन्धि रोचक जानकारी

“भ्यालेन्टाइन डे” समन्धि रोचक जानकारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवास युवा–युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफुले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन ।

कसरी सुरु भयो  भ्यालेन्टाइन डे ?

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइन डेको इतिहासलाई फर्केर हेर्दा एकजना रोमका सम्राटले नारीसगको सम्बन्धका कारण्ँ सुरक्षाकर्मीहरु मार्फत गोप्य कुराहरु बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे ।

सम्राटको आदेशलाई एकजना सन्त भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो । एकजना सर्बसाधरणले   आफ्नो आदेशको उल्लङघन गरेको कारण्ँ सम्राटलाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए ।

उनलाई मृत्युदण्ड दिइएको दिन १४ फेबुअरीमा संसारमा ”भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको आरम्भ भएको हो ।

त्यसै समयदेखि महान् प्रेमी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक बर्ष फेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमी प्रेमिकाले प्रेम दिवसका रुपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडीसकेको छ । देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवा माझ  लोकप्रियता  पाएको छ ।

प्रेमी–प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदान प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ ।

Recent Comments

No comments to show.