मौसम पुर्वअनुमान : कस्तो रहला आज दिनभरको मौसम ?

मौसम पुर्वअनुमान : कस्तो रहला आज दिनभरको मौसम ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

यस्ताे छ तीन दिनकाे पूर्वानुमान 

फाल्गुन ०१ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ का पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ ।

फाल्गुन ०२ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ ।

फाल्गुन ०३ गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने संभाबना छ ।

राती: प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलिको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पहाडी भू-भागमा हल्का बर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।

Recent Comments

No comments to show.