आज मिती २०७७ साल माघ ३० गते शुक्रबार , तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल माघ ३० गते शुक्रबार , तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल माघ ३० गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–प्रतिपदा,४३ घडी ३४ पला,रातको १२ बजेर ११ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–धनिष्ठा,१८ घडी ५९ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त शतभिषा । योग–परिध,४९ घडी ३४ पला,रातको ०२ बजेर ३५ मिनेट उप्रान्त शिव । करण–किंस्तुध्न,दिउसो १२ बजेर ०८ मिनेट उप्रान्त बव,रातको १२ बजेर ११ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४५ पला । 

आजको राशिफल 
मेष

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । बोलीको प्रभाव पनि बढ्नेछ 

बृष

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।  जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । 

मिथुन

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । 

कर्कट

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह । 

सिंह

अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । 

कन्या

अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । 

तुला

शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् । 

बृश्चिक

महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । 

धनु

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । साथीभाईबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राको योग छ । खर्च बढ्नेछ । 

मकर

धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ला । स्वास्थ्यमा गगबढी । 

कुम्भ

राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला । 

मीन

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । 

तपार्ईँको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.