नेपाल लाइफको ५१ प्रतिशत लाभांश पारित

नेपाल लाइफको ५१ प्रतिशत लाभांश पारित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभाले ५१ प्रतिशत लाभांश पारित गरेको छ।

बुधबार वीरगञ्जमा भएको साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद लाभांश पारित गरेको हो।

बोनश सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ७,१९,९९,७०,६६१÷ हुनेछ ।

त्यस्तै साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रति शेयर अंकित मूल्य रु.१०० को व्यवस्थालाई परिवर्तन गरि प्रति शेयर अंकित मूल्य रु.५० कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाबाट आ.व.२०७५/०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित गरेको छ ।

सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्नुहुने संचालक निर्वाचनबाट विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने निर्विरोध निर्वाचित हुनु भएका छन् ।

साथै संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि सोको स्विकृतिको लागि श्री बीमा समितिमा पठाउने निर्णय गरेको छ ।

हाल यस कम्पनीको लगानी रु १०५.५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,६९,४८७ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख भन्दा बढी व्यक्ति बीमित भइसकेका छन् ।

Recent Comments

No comments to show.