महासंघको वैदेशिक रोजगार फोरम विस्तार

महासंघको वैदेशिक रोजगार फोरम विस्तार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेकोे सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने चयन भएका छन् ।

फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्जय निरला, सञ्जय देवकोटा, मोहम्मद जुनैद, मन गरु, विनायक पोखरेल, भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, फोरमको सल्लाहकारहरूमा किरणकिशोर घिमिरे, रोहन गुरु, सुजितकुमार श्रेष्ठ, नवराज के.सी. र नरेन्द्र ढकाल चयन भएका छन् ।

नवगठित फोरम विस्तार कार्यक्रमलाई सम्वोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्याँकन गरी महासंघले पहिलो पटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताएका छन् ।

‘वार्षिक करिव ९ खर्वको हाराहारीमा भित्रिने व्रिपेषणले मुलुकको अर्थतन्त्रमा निकै ठुलो योगदान पु¥याएको छ । अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाई दिदी बहिनीहरू वाध्य छन् ।

यो क्षेत्रलाई अझबढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्न समेत केही योगदान पुर्याउन सकियोस् भनेर महासंघले वैदेशिक रोजगार फोरम गठन गरेकाले हो’ अध्यक्ष गोल्छाले भने,‘यस फोरमले वैदेशिक रोजगारीका समग्र इस्यूहरूमा परिणामदायी रूपमा काम गर्न सक्षम हुनेछ । यसका लागि प्रभावकारी रुपमा काम गर्न म फोरमलाई सुझाव दिन चाहन्छु’ उनले भने ।

Recent Comments

No comments to show.