काठमाडौं । सरकारले पीसीआरको अधिकतम मुल्य एक हजार रुपैयाँमात्र लिन निर्देश गरेको छ।
सरकारी अस्पतालले पीसीआर गर्नका लागि एक हजारमात्र लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकरी दिए।
यसअघि पीसीआर परीक्षण शुल्क दुई हजार लिने गरेको थियो ।
यस्तै अबदेखि कोभिड-१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड-१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा बुधबार बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड-१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेका कोभिड-१९ का संक्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए ।
हालसम्म नेपालमा दुई लाख ७२ हजार ३४९ संक्रमित भएका छन् । यस्तै दुई लाख ६८ हजार ५४९ निको र दुई हजार ४७ जना संक्रमितबाट निधन भएका छन् ।
प्रतिक्रिया