‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- नेता नेपाल

‘अधर्मीलाई पशुपतिनाथले माफ गर्दैनन्’- नेता नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफी नदिने टिप्पणी गरेका छन्। 

काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै अब उनलाई पशुपतिनाथले पनि माफी नगर्ने बताए । 

‘केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नुहुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ,’नेपालले भने, ‘तपाईंलाई थाहा छ, पशुपतिनाथले कसलाई माया गर्नुहुन्छ रु पशुपतिनाथले त सत्य र न्यायका पक्षमा रहेकालाई माया गर्नुहुन्छ । पापीलाई, अधर्मीलाई पशुपतिनाथले माया गर्नु हुन्न ।” 

उनले नेपाली जनताको भावना ओलीले बुझ्न नसकेको पनि आरोप लगाए । ‘बलत्कारको घटना घटिरहेको छ । ओलीलाई यसले कत्तिपनि संवेदनशिलताले छुन सकेन,’ उनले भने, ‘तिमि जस्ता मान्छेलाई नेपाली आमाले जन्माइन्, जुन पार्टीले प्रधानमन्त्री बनायो त्यही पार्टी ध्वस्त बनाउँदै हुनुहुन्छ । सरकारी साधन खर्च गर्दा पनि सिंगै ओली समूह निराश भएको छ ।

Recent Comments

No comments to show.