अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धि घट्यो

अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धि घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको पुसमा मूल्यवृद्धि ३.५६ प्रतिशतमा झरेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष मूल्यवृद्धि घटेको हो । 

गत पुसमा मूल्यवृद्धि ६.८२ प्रतिशत रहेको थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९९ प्रतिशत छ। 

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष पुसको तुलनामा २०७७ पुसमा घ्यू तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्यवृद्धि क्रमशः १७.०१ प्रतिशत, १६.५८ प्रतिशत, ११.४८ प्रतिशत र १०.६८ प्रतिशत रहेको छ। 

पुसमा काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मूल्यवृद्धि रहेको छ। 

२०७६ पुसमा यी क्षेत्रहरुमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत मूल्यवृद्धि रहेको थियो।

Recent Comments

No comments to show.