चिसोले विद्यालय तीन दिन बन्द

चिसोले विद्यालय तीन दिन बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँँके । अत्यधिक चिसो बढेपछि विद्यालय तीन दिन बन्द गरिने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका अनुसार नगरमा सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालय सोमबारदेखि यही माघ २१ गतेसम्मका लागि बन्द गरिएको छ । 

महाशाखा प्रमुख गोर्खबहादुर थापाले मौसम अनुकूल भई घाम लागेमा यही माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर अवस्था यस्तै रहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताए।

यसैगरी बाँकेको कोहलपुर नगरपालिकाले पनि सोमबारदेखि यही माघ २१ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पश्चिम नेपालको नेपालगञ्जमा झण्डै एक सातादेखि चिसो अत्यधिक बढेको महसुस गरिएको छ । 

यस्तै यहाँको भेरी अस्पतालमा उपचाररत एक वृद्धको कोरोनाबाट मृत्यु भएको छ । कैलालीका ८३ वर्षीय वृद्धको आज सो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिए। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ८७ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको जनाइएको छ ।

Recent Comments

No comments to show.