सोमबार राति किन निस्कँदैछन् नेपाली सेनाका बख्तरबन्द गाडी ?

सोमबार राति किन निस्कँदैछन् नेपाली सेनाका बख्तरबन्द गाडी ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली सेनाको बख्तरबन्द गाडीहरूले सोमबार राति चक्रपथ परिक्रमा गर्ने भएका छन्। नियमित अभ्यासका लागि सोमबार राति बख्तरबन्द गाडीहरूले काठमाडौं उपत्यकाको चक्रपथ चक्कर लगाउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यलले जानकारी दिए।

उनले ट्‌विट गर्दै नियमित अभ्यासको योजना भएको जानकारी दिएका हुन्। त्यस्तै माघ २१ गते आठ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको उनले बताए।

नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।

Recent Comments

No comments to show.