मञ्जुश्री फाइनान्सको रु. ५० करोडको ऋणपत्र बिक्री खुला, कति ब्याज पाइन्छ ?

मञ्जुश्री फाइनान्सको रु. ५० करोडको ऋणपत्र बिक्री खुला, कति ब्याज पाइन्छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँबराबरको ऋणपत्र आज आइतबारबाट बिक्री खुला गरिएको छ। 

कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५ लाख इकाईको ‘मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र–२०८५’ निष्कासन गरेको हो । 

कम्पनीले कुल इकाइमध्ये ३ लाख इकाइ व्यक्तिगतबाट र बाँकी २ लाख इकाइ (सोमध्ये ५ प्रतिशत अर्थात् १० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट आवेदन दिन सक्नेछन् । 

यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत पुस २६ गते निष्कासनको अनुमति दिएको थियो। कम्पनीको यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्नेछन्।

यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । 

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ऋणपत्रमा काठमाडौंको लाजिम्पाटस्थित क्यापिटलको कार्यालय वा काठमाडौंको नयाँबानेश्वरस्थित मञ्जुश्री फाइनान्सको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा सबै ऋणपत्र नबिकेमा फागुन २ गतेसम्म खुला रहनेछ । यसमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।

Recent Comments

No comments to show.