ललितपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सरकारले खेलकुदलाई प्राथमिकता दिन नसकेको वताए ।
बज्रवाराही इन्टरनेशनल क्याेकुशिनकाई कराते डाेजाेद्वारा ललितपुरको बज्रवाराही आयाेजित कराते प्रतियोगिताकाे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै नेता राणाले यस्तो वताएका हुन् ।
पूर्वअर्थराज्यमन्त्री राणाले भने, ‘ सबै मन्त्रालयहरुले पाउने बजेटका आधारमा खेलकुद मन्त्रालयलाई दिइने वजेट एक दमै कम छ, त्यसमा पनि मन्त्रालयकाे अधिकाँश बजेट खेलकुदका विकासमा भन्दा पनि तलव र भत्तामा मात्रै खर्च हुने गरेकाे छ।’ राणाले खेलकुद मन्त्रालयले पाउने बजेट देशको कूल बजेटकाे आधारमा १ प्रतिशत मात्रै रहेकाे वताए ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषदका पूर्वकाेषाध्यक्ष मीनकृष्ण महर्जनले कराते खेलमा पनि क्याेकुशिनकाई कराते खेल्ने खेलाडीहरु नै विश्वविजेता बन्न सफल भएको वताए ।
त्यस्तै समापन समारोहमा मन्तव्य राख्दै गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कराते खेल आत्मसुरक्षाका लागि खेलिने महत्त्वपूर्ण खेल भएकोले निरन्तर अभ्यासले सफलता हासिल गर्न सकिने वताए । मेयर महर्जनले गाेदावरी नगरपालिकाले खेलाडीहरुकाे हाैसला बनाउनका लागि आगामी दिनहरुमा विभिन्न प्रतियोगिता गर्नका लागि सहयोग पुर्याउने वताए।
शनिबार सम्पन्न एक दिवसीय प्रतियोगितामा पुरुषतर्फ ३५ केजी, ४०, ४५, ५० र ५५ केजी तौल समूहमा साथै महिलातर्फ खुला तौल समूहमा समेत गरि १० वटा जिल्लाका ६९ जना खेलाडीहरुले सहभागीता जनाएका थिए ।
प्रतियोगितामा विजयी हुनेहरुमा पुरुषतर्फ ३५ केजी तौल समूहमा ठेचाे डाेजाेका रमित महर्जनले प्रथम स्थान, दरवार डाेजाेका मनिष परियारले द्वितीय स्थान, प्रिन्स ठाकुरले तृतीय स्थान हासिल गरे भने दरवार डाेजाेकै जेनिस मगरले सान्त्वनामा चित्त बुझाउनु पर्याे ।
४० केजी तौल समूहमा बज्रवाराही डाेजाेका चन्द्र तामाङले प्रथम स्थान, मन्डनदेउपुर डाेजाेका विजय मगरले द्वितीय स्थान र बज्रवाराही डाेजाेका डेविड राईगाईले तृतीय स्थान हासिल गरे भने केन्द्रीय डाेजाेका किरण थापा मगरले सान्त्वनामै चित्त बुझाउन बाध्य भए।
४५ केजी तौल समूहमा बज्रवाराही डाेजाेका विवेक थापाले प्रथम, सलन महर्जनले द्वितीय स्थान, छम्पी डाेजाेका विवेक नेपालीले तृतीय स्थान हासिल गरे भने बज्रवाराहीका समीर तामाङले भने सान्त्वनामै चित्त बुझाउनु पर्याे ।
५० केजी तौल समूहमा ठैव डाेजाेका अजष लामाले प्रथम, दरवार डाेजाेका सन्जाेक लामाले द्वितीय र रामस तेवेज आलमले तृतीय स्थान हासिल गरे भने मन्डनदेउपुर डाेजाेका छेवाङ्ग तामाङ्गले सान्त्वनामै चित्त बुझाउनु पर्याे । र ५५ केजी तौल समूहमा
एसआईआर डाेजाे नखिपाेटका ओम तामाङले प्रथम बज्रवाराही डाेजाेका विजय तामाङले द्वितीय स्थान र मनिष लिम्बुले तृतीय स्थान हासिल गरे । मन्डनदेउपुर डाेजाेका भाेला तामाङ्गले सान्त्वना हात पारे ।
महिलातर्फ खुल्लमा दरवार डाेजाेकी करिस्मा कार्कीले प्रथम स्थान,एसआईआर डाेजाे नखिपाेटकी शितल दर्शनधारीले तृतीय स्थान हासिल गरिन् । त्यस्तै ठेचाे डाेजाेकी सवु भुजेलले सान्त्वनामा चित्त बुझाउनु पर्याे ।
प्रतिक्रिया