नाडाको एक दिने ‘भिसिटीएस’ प्रशिक्षण कार्यक्रम सम्पन्न

नाडाको एक दिने ‘भिसिटीएस’ प्रशिक्षण कार्यक्रम सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको उपस्थितीमा सो प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । 

अटोमोबाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेका सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक देखिएपछि उक्त कर, भन्सार तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नाडाले जनाएको छ । 

सो कार्यक्रमका प्रमुख अतिथि तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । 

उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागकातर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएकाे महासचिव सुनिल रिजालले जानकारी दिए। उनका अनुसार नाडाका तर्फबाट सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । 

सो कार्यक्रममा नाडाका कूल ४६ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नाडाका अध्यक्ष दुलालले प्रमुख अतिथी तथा भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरी, अध्यक्ष दुलालले सो कार्यक्रममा सहभागी ४६ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरेका थिए । 

उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्यसमिती सदस्यहरु ­ अभिक ज्योती, धुव्र बहादुर थापा, सुरज भट्टराई र कपिल सिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

Recent Comments

No comments to show.