कोरोनाको शंका लागे आफैं क्‍वारेन्टाइनमा बस्‍नुपर्छ – स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

कोरोनाको शंका लागे आफैं क्‍वारेन्टाइनमा बस्‍नुपर्छ – स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कुनै व्यक्तिमा कोरोना भाइरसको आशंका देखिएमा आफैं क्‍वारेन्टाइनमा बस्‍नुपर्ने बताएका छन् । 

मंगलबार मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने  ‘कुनै व्यक्तिमा कोरोना संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिन्छ ।’

ठूलो समूह क्‍वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा आए भक्तपुरको खरिपाटीमा तयार रहेको उनले जानकारी दिए ।

क्‍वारेन्टाइनलाई हलुका रुपमा नलिन आग्रह गर्दै उनले भने– ‘क्‍वारेन्टाइन भन्‍नासाथ चीनबाट विद्यार्थी ल्याएजसरी सरकारकै व्यवस्थापनमा सबै भन्‍ने कुरा नगरौँ, अब सेल्फ (आफै0 क्‍वारेन्टाइनमा बस्‍नुपर्छ ।’

विश्‍व स्वास्थ्य संगठनले समेत आफैं क्‍वारेन्टाइनमा बस्‍नुपर्ने मापदण्ड बनाएको जानकारी दिँदै उनले भने–‘ज्वरो  छ छैन नाप्‍न सकिन्छ, कति दूरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौँ ।’ 

युवा संघले सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्रमा संक्रमण भए उपचार गर्ने र अरुमा सर्न नदिने विधिबारे प्रचारप्रसार आवश्यक रहेको भन्दै उपयुक्त कदम चाल्न आग्रह गरिएको छ । 

Recent Comments

No comments to show.