काँकरभिट्टा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना, दुई जनाको मृत्यु, १७ घाइते

काँकरभिट्टा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना, दुई जनाको मृत्यु, १७ घाइते

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सर्लाहीको हरिवनमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ज्यान गुमाउने दुबै महिला छन्।

दुर्घटनामा १७ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये चालकसहित पाँच जनाको अवस्था गम्भीर छ।

दाङबाट झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज बिहान चार बजे हरिवन- ११ स्थित सशस्त्र क्याम्प नजिक दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा दाङको राप्ती गाउँपालिका ५ की २३ वर्षीया निर्मला चौधरी र सोही ठाउँकी राजकुमारी चौधरी छन्। प्रहरीका अनुसार राजकुमारीको घटनास्थलमै मृत्यु भएको हो भने निर्मलालाई हरिवनमा रहेको नमूना अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

Recent Comments

No comments to show.