‘केपी ओलीको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ ’

‘केपी ओलीको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ ’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा राजा महाराजाहरूको दुर्गन्ध आउने बताएका छन्।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको भाषामा राजा महाराजाको गन्ध गइरहेको बताएका हुन् ।

‘प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेका छन् । त्यो सिफारिसको भाषामा राजाको भाषा ह्वास्सै गन्हाएको छ ।

निरंकुशतन्त्रतर्फ देशलार्य धकेल्ने काम भएको छ । यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने ।

नेपाली जनता सिंहको संज्ञा दिँदै भएको दाबी गर्दै सबैले एकपटक गर्जिनुपर्ने तर्क गरे। ओलीको प्रवृत्ति तानाशाही र निरङ्कुश भएको बताए। विधि र पद्धतिबाट चल्नुपर्ने भएकाले आफूहरु हिंसाको बाटोमा नरहेको जिकिर गरे। अबको लक्ष्य भनेको समाजवादको लक्ष्य रहेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।*फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Recent Comments

No comments to show.