सुनको भाउ बढेर ऐतिहासिक रेकर्ड कायम,कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढेर ऐतिहासिक रेकर्ड कायम,कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  बिगत केहि समय देखि निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य बढ्ने क्रम मंगलबार पनि जारी नै रह्यो । 

मंगलबार सुन प्रति तोलामा २ सय रुपैयाँले बढेर ८२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च भाउ हो ।

यसअघि फागुन २३ र २५ गते प्रति तोलामा सुन ८२ हजार ५ सय रुपैया पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । मंगलबार तेजाबी सुन प्रति तोला ८२ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार चाँदी प्रति तोलामा १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको थियो । यसअघि आइतबार सुन प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Recent Comments

No comments to show.