काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायूको प्रभावका कारण केही दिन मेघगर्जन,चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान :-
फागुन २७ गते (मंगलबार)
दिउँसोः देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पूर्वी तथा मध्य पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन,चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना छ।
फागुन २८ गते (बुधबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना छ।
फागुन २९ गते (बिहिबार)
दिउँसोः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १/२ स्थानहरुमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना छ।
रातिः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १/२ स्थानहरुमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना छ।
प्रतिक्रिया