लाइसेन्सको लिखित र ट्रायल परिक्षाको ढाँचा परिवर्तन गरिँदै , सामान्य गल्तीले फेल नहुने

लाइसेन्सको लिखित र ट्रायल परिक्षाको ढाँचा परिवर्तन गरिँदै , सामान्य गल्तीले फेल नहुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले अब सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परिक्षाको ढाँचा परिवर्तन गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ निर्देशिकाको तयारी गरेको हो ।

नयाँ निर्देशिकामा अहिलेको कडा मापदण्ड परिमार्जन गर्न मन्त्रालयमा प्रस्ताव पेश गरेको छ। जसको कारण प्रयोगात्मक परीक्षामा सानो गल्तीका कारण समेत फेल हुने अवस्था हट्नेछ । अब प्रयोगात्मक परीक्षामा ६० प्रतिशत अंक प्राप्त गर्ने चालकलाई पास गराइने भएको छ ।

नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास-फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै ‘एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।

प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क कायम गरिने भएको छ । ट्रायल परीक्षा दिने बेला उत्तीर्णाङ्क ल्याएमा पास गराइने भएको छ ।

अहिले प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन सक्ने चालक समेत सबै प्याराममिटर सजिलै पार गर्न नसक्दा फेल हुने गरेका छन् । यसले चालकहरु प्रभावित बनेका छन् ।

सजिला प्याराममिटरले कम अंकभार पाउने छन् । यसरी पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याएमा चालक अनुमतिपत्र प्राप्त गर्नेछन् ।

Recent Comments

No comments to show.