अब सेयर कारोबार राफसाफ २ दिनमै हुने

अब सेयर कारोबार राफसाफ २ दिनमै हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब २ दिनमै सेयर कारोबारको राफसाफ हुने भएको छ । 

नेपाल धितोपत्र बोर्डले २ दिन मै सेयर राफसाफ चक्र पूरा हुनेगरी सीडीएस एन्ड क्लियरिङको विनियम स्वीकृत गरेको छ ।

धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट विनियमावली, २०६९ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो ।

यो व्यवस्था कार्यान्वयनका लागि सीडीएस एन्ड क्लियरिङले सूचना जारी गर्ने बोर्डले जनाएको छ । त्यसपछि मात्र नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ । हाल कारोबार भएको तीन दिन (टी प्लस थ्री) भित्र राफसाफ तथा फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट प्रणाली ‘टी प्लस टु’ मा गर्ने व्यवस्था गरिएको बोर्डले दाबी गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन सीडीएस एन्ड क्लियरिङले आफ्नो विनियममा भएको हालको ‘टी प्लस थ्री’ लाई ‘टी प्लस टु’ मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेस गरेको थियो ।

Recent Comments

No comments to show.