आइपीओमा परेको शेयर कुन समयमा बेच्दा ठिक ?

आइपीओमा परेको शेयर कुन समयमा बेच्दा ठिक ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा प्रवेश गर्ने मानिसहरुको संख्या ह्वात्तै बढेको छ ।

लकडाउनपछि निराशाजनक अर्थतन्त्र, अन्य क्षेत्र प्रवेशमा व्यावसायिक वातावरण नबनिसकेको कारण पुँजी बजार लगानीकर्ताको आर्कषण बढेको विश्लेषकहरु बताउँछन् ।

अहिले लगानीका अन्य व्यावसायिक क्षेत्रहरु अझै फस्टाउन सकेका छैन्न । जसको कारण शेयर बजारमा नेप्से परिसूचकमा ऐतिहासिक रेकर्डदेखि कारोबारमा पनि रेकर्ड नै बन्न पुगेको छ ।

यसबिचमा शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या २२ लाख नाघिसकेको छ । यसका अलवा आइपीओमा आवेदन दिने मानिसहरुको संख्या पनि निकै बढेको छ ।

एक वर्षअघिसम्म मुस्किलले ५ लाखको आवेदन पर्ने शेयर बजारमा पछिल्लो समय आएको प्रभु लाइफ इन्स्योरेन्सको आइपीओको लागि १० लाख ८२ हजार १४३ जनाले आवेदन दिए । यो नै आइपीओमा आवेदनको नयाँ रेकर्ड हो ।

पुँजीबजार प्रवेश गर्ने नयाँ लगानीकर्ताहरु १० कित्ता आइपीओ बेच्ने कि होल्ड गर्ने भन्ने अलमलमा परेको देखिन्छ । बेच्ने हो भने कतिखेर बेच्ने र होल्ड गर्ने हो भने कहिलेसम्म होल्ड गर्ने ? द्विविधा छ । १० कित्ता शेयर बिक्री गरेर तुरुन्तै तात्विक भिन्नता नआउने विश्लेषकहरुको भनाइ छ ।

तर, उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका सभापति अम्बिका पौडेल भने आइपीओमा परेको १० कित्ताको माध्यमबाट पुँजीबजारलाई विस्तृत रुपमा बुझ्न सकिने बताउँछन् ।

‘प्राथमिक बजार कुनैपनि लगानी कर्ताको पुँजीबजारमा प्रवेश गर्ने पहिलो खुड्किला हो । जसमा थोरै लगानी र थोरै जोखीममै पुँजीबजारलाई बुझ्न र ग्रहण गर्न सकिन्छ ।’

उनले भने, ‘अहिले शेयर बजारमा बढीभन्दा बढी मानिसलाई प्रवेश गराउनको लागि शेयर बजारमा १० कित्ता नीति ल्याईएको हो । यसले शेयर बजारमा आवद्ध हने मानिसको संख्या पनि बढाएको छ ।’

आइपीओमा परेको शेयर कुन समयमा बेच्दा ठिक ?

आइपीओ कतिखेर बेच्ने भन्ने कुरा विभिन्न पक्षसँग जोडिएको हुन्छ। पहिलो पक्ष हो कम्पनी । कम्पनीले कस्तो प्रतिफल दिने क्षमता राख्छ, त्यो विश्लेषण गर्नुपर्छ।

शेयर किन्नुभन्दा बेच्नु निकै विवेकपुर्ण कार्य रहेको पौडेलको धारणा छ । शेयर सधैँ राखिरहने विषय नभएको कारण ‘शेयर किन्नुभन्दा बेच्नु निकै विवेकपुर्ण कार्य हो ।

शेयर बेच्ने समयमा शेयर बजारको चक्रलाई हेरेर बेच्नु पर्छ ।’ उनले एक्ट प्रो नेपाल भने, ‘सेभिङले दिने लाभांसभन्दा क्याटिल मार्केटको लाभांस भन्दा धेरै छ भने राख्ने क्यापिटल मार्केटको लाभांस भन्दा सेभिङको लभांस बढी भईसक्यो भने बेच्ने गर्नुपर्छ ।’

शेयर बजारबाट राम्रो नाफा कमाउनको लागि भने आफूले लगानी गर्न लागेको कम्पनीको बारेमा पूर्ण रुपमा जानकार भएर लगानी गर्नुपर्ने उनको धारणा छ ।

‘शेयर बजारको आधारभुत मूल्य, मान्यता र सिद्धान्तको राम्रोसँग पालना गर्दै अध्ययन अनुसन्धान गर्दै लगानी गरेमा धेरै नाफा कमाउन सकिन्छ । हल्लाको भरमा, कसैको लहलहिमा लागेर नबुझिकन लगानी गर्दा बजारमा जोखिमु बढ्छ ।’

सानो मूल्यको आइपीओमा परेको सेयरलाई होल्ड गर्दा नै उत्तम हुन्छ। सानो सेयरलाई हतार गरेर बिक्री गर्नुहुँदैन। कहिलेसम्म होल्ड गर्ने भन्ने कुरा लगानीकर्ताको आफ्नो क्षमताको कुरा हो।

Recent Comments

No comments to show.