काठमाडौं उपत्यकामा वायु अत्यधिक प्रदूषित, घर बाहिर ननिस्किन विज्ञको सुझाब

काठमाडौं उपत्यकामा वायु अत्यधिक प्रदूषित, घर बाहिर ननिस्किन विज्ञको सुझाब

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको मौसमविद्ले बताएका छन।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि उपत्यकाको वायु अत्याधिक प्रदुषित भएको जनाएको छ।

वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो।

२४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएसँगै सोमबार दिनभर काठमाडौं उपत्यकामा घाम लागेन।

सडकमा हिँड्दा आँखा पिरो–पिरो भएको पैदल यात्रुले अनुभव गरेका छन्।

अत्याधिक वायु प्रदूषणका कारण समस्या भएकोले घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन।

Recent Comments

No comments to show.