नागढुङ्गाबाट स्रोत नखुलेको एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ

नागढुङ्गाबाट स्रोत नखुलेको एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सूचनाका आधारमा प्रहरीले सो रकम बरामद गरेको बताए । उनका अनुसार सो रकम भारतबाट ल्याएर नेपाली सीमा क्षेत्रमा पटक-पटक सटही गरिएको थियो ।

आफूहरुले सो रकमको ‘कनेक्सन’ खोजिरहेको एसएसपी सिंहले बताए । उनले भने, “प्रारम्भिक रुपमा हेर्दा सो रकम सुन किन्न वा हुन्डी गर्न ल्याइएको हुनसक्छ । यसबाहेक अपराधिक कामका लागि पनि हुनसक्ने सम्भावना रहन्छ । हामी यसको गहन अनुसन्धानमा जुटेका छौं । अहिले सबै कुरा भन्न सकिँदैन ।”

बरामद रकम र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको छ । प्रहरीले पक्राउ परेका दुवैजनाको ‘हिस्ट्री’ खोजिरहेको एसएसपी सिंहले बताए ।

Recent Comments

No comments to show.