सरकारी गाडी दुर्घटना, ‘मापसे’ गरेका चालकसहित दुईजना फरार

सरकारी गाडी दुर्घटना, ‘मापसे’ गरेका चालकसहित दुईजना फरार

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा स्वास्थ्य मन्त्रालय अन्तर्गतको सरकारी नम्बर प्लेटको गाडी दुर्घटनामा परेको छ ।

बा १ झ ६६५८ नम्बरको गाडी तारकेश्वर नगरपालिका–२ भेडीगोठमा शनिबार बेलुका सात बजेतिर सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरी चौकी धर्मस्थलीले जनाएको छ ।

चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको गाडी सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको स्थानीय बासिन्दालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

गाडी अहिले प्रहरी चौकी धर्मस्थलीको नियन्त्रणमा छ । गाडीमा चालक र अर्का एकजना रहेको स्थानीय बासिन्दाले बताए पनि दुवैजना फरार रहेको धर्मस्थली प्रहरी चौकीका असई विष्णु भण्डारीले जानकारी दिए ।

ठक्करबाट भाँच्चिएको बिजुलीको पोल गाडीमाथि ढलेको भए पनि कोही घाइते नभएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Recent Comments

No comments to show.