काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यो बर्षकै सबैभन्दा कममा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्री सेल्सियसमा झरेको हो ।
यसअघि यस वर्ष काठमाण्डौको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । गएको शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आज (मङ्गलबार) अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यस्तै अहिले काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।
प्रतिक्रिया