मकवानपुर। हेटौँडा-नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका-१ ठूलो भावरतर्फ जाँदै गर्दा ग १ ज ७२८९ नम्बरको जिप आज अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।
घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते भएकामध्ये दुई जना सामान्य र सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए।
प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। रासस
प्रतिक्रिया