मुलुकको १८औँ गर्भनर बने डा.विश्वनाथ पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका रूपमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

गभर्नर सिफारिस समितिको संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेको समितिले गभर्नरका लागि डा. पौडेलसहित कार्यवाहक गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। समितिले डा. पौडेललाई पहिलो नम्बरमा सिफारिस गरेको थियो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सिफारिस सूचीबाट डा. पौडेललाई गभर्नर नियुक्त गरिएको पुष्टि गरे।

डा. विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। नेपाल सरकारको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले सम्भावित नियुक्तिको चर्चा चलिरहेका बेला समिति सदस्यबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै सरकारले पूर्वगभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्य पोषराज पाण्डेलाई समितिमा नियुक्त गरेको थियो।

क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि तथा स्रोत अर्थशास्त्रमा पीएचडी गरेका डा. पौडेल प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र आर्थिक इतिहासका क्षेत्रमा विज्ञ मानिन्छन्।

हाल उनी काठमाडौं विश्वविद्यालयको व्यवस्थापन स्कुलमा प्राध्यापकको रूपमा कार्यरत छन्। सन् २०२१ मा उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रूपमा कार्यभार सम्हालेका थिए।

उनको अनुभव अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारका रूपमा, नेपाल मिलेनियम च्यालेन्ज एकाइमा अर्थशास्त्रीका रूपमा तथा सानिमा बैंकको सञ्चालक समितिमा नीति निर्माण तहमा योगदान पुर्‍याउँदै आएको छ।

नेपालको बैंकिङ, निजी क्षेत्रको विकास र श्रम बजार सुधारमा उल्लेखनीय भूमिका खेलेका डा. पौडेलको नियुक्तिसँगै राष्ट्र बैंकको नेतृत्वमा नयाँ रणनीतिक सोच र अनुभवको अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।