पाइपलाइनमा रहेका दुई दर्जन कम्पनीको आईपीओ अस्वीकृत,कुन- कुन परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सर्वसाधारण सेयर (आईपीओ) निष्कासनका लागि प्रस्ताव पेश गरेका १४ कम्पनीको निवेदन फिर्ता पठाएको छ। सेबोनले प्रति सेयर नेटवर्थ ९० रुपैयाँ नपुगेका कारण ती कम्पनीहरूको प्रस्ताव पाइपलाइनबाट हटाएको हो।

आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन खोजेका ती कम्पनीहरूलाई सेबोनले हाललाई रोकेको छ र आवश्यक सुधारसहित पुनः निवेदन दिन निर्देशन दिएको छ। फिर्ता पठाइएका कम्पनीहरूमा ६ वटा जलविद्युत् (हाइड्रोपावर) कम्पनी रहेका छन्।

सेबोनका अनुसार प्रस्ताव फिर्ता भएका प्रमुख कम्पनीहरूमा प्रभु हेलिकप्टर, कान्तिपुर टेलिभिजन, एकर्ड फर्मा, अन्नपूर्ण केबुलकार, सानिमा हाइड्रोपावर, रिचेक जलविद्युत, लाफिङ बुद्ध, पुवा खोला जलविद्युत, र बेनी हाइड्रोपावर लगायत रहेका छन्।

२०७८ साल जेठमा लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीले आईपीओ निष्कासन गर्न नपाउने निर्णय गरेको थियो। यद्यपि, केही कम्पनीहरूले नेटवर्थ सम्बन्धी स्पष्ट कानूनी व्यवस्था नभएको अवस्थामा सेबोनले यसरी प्रस्ताव फिर्ता गर्नु अन्यायपूर्ण भएको गुनासो गरेका छन्। बोर्डको पछिल्लो निर्देशनसँगै, आईपीओको तयारीमा रहेका केही कम्पनीहरूलाई आफ्नो वित्तीय स्थिति सुदृढ बनाएर पुनः प्रस्ताव पेश गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। यसले आगामी दिनमा प्राथमिक सेयर निष्कासन प्रक्रियामा थप पारदर्शिता र वित्तीय अनुशासन कायम हुने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।