मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज (मंगलबार) मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो।

हिजो (सोमबार) नियमित रूपमा बस्नुपर्ने बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण अन्तिम समयमा स्थगित भएको थियो। यसका कारण आज मन्त्रिपरिषदको बैठक नियमित रूपमा बस्ने तालिका रहेको छ।

आजै अपरान्ह ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै छ भने यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको थियो।

सम्भवत: आजै गभर्नर नियुक्त हुन सक्ने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।