क्षेत्रीय व्यापार र निजी लगानी प्रबर्द्धनमा नेपाल-विश्व बैंक साझेदारी सुदृढ गर्ने प्रतिबद्धता

क्षेत्रीय व्यापार र निजी लगानी प्रबर्द्धनमा नेपाल-विश्व बैंक साझेदारी सुदृढ गर्ने प्रतिबद्धता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रैसरले शनिबार परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा दुवै पक्षले क्षेत्रीय व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रबर्द्धन, र जलवायु परिवर्तनका चुनौतीसँग जुध्न प्रविधिको प्रयोगमार्फत नेपालको सहनशीलता अभिवृद्धि गर्ने विषयमा छलफल गरेका छन्।

उपाध्यक्ष रैसरले नेपालमा दिगो आर्थिक विकास सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा विश्व बैंकले सहयोग गर्दै आएको र आगामी दिनमा साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री राणाले क्षेत्रीय व्यापार सहज बनाउन भौतिक पूर्वाधार, नीतिगत समन्वय र प्रविधि हस्तान्तरण आवश्यक रहेको बताउँदै विश्व बैंकसँगको सहकार्यमा विश्वास व्यक्त गरिन्।

भेटका क्रममा नेपालमा निजी लगानीमैत्री वातावरण सिर्जना गर्ने विषयमा समेत छलफल भएको थियो। दुवै पक्षले नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक आर्थिक रूपान्तरणमा निजी क्षेत्रको भूमिका निर्णायक हुनेसमेत छलफल भएको थियो।

Recent Comments

No comments to show.