डा. विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको दावीसहित सर्वोच्चमा रिट

डा. विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको दावीसहित सर्वोच्चमा रिट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को उल्लंघन भएको दाबी गर्दै उक्त रिट मंगलबार दर्ता गरिएको हो।

अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले संयुक्त रूपमा दायर गरेको रिटमा डा. पौडेलले कुनै राजनीतिक दलको सक्रिय सदस्य भई गभर्नर बन्न नपाउने व्यवस्था रहेको उल्लेख छ। उनीहरुले राजनीतिक पहुँचका आधारमा सीधा नियुक्ति गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

डा. पौडेललाई सत्तारुढ दुई प्रमुख दलबीच गभर्नर बनाउने सहमति भइसकेको छ। सोही प्रक्रिया अघि बढेसँगै उनले गभर्नर छनोट समितिको सदस्य पदबाट राजीनामा पनि दिएका थिए।

रिटमा नेपालको केन्द्रीय बैंकको स्वतन्त्रता र निष्पक्षतामा असर पर्ने कार्य भएको भन्दै नियुक्ति प्रक्रिया रोक्न माग गरिएको छ। अब सर्वोच्च अदालतले रिटमा प्रारम्भिक सुनुवाइ गर्ने तयारी गरेको छ।

Recent Comments

No comments to show.