अब शनिबार र सार्वजनिक बिदाबाहेक सबै दिन संसद् चल्ने

अब शनिबार र सार्वजनिक बिदाबाहेक सबै दिन संसद् चल्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अब शनिबार र सार्वजनिक बिदा बोहकका  सबै दिन संसद् सञ्चालन हुने भएको छ।

बुधबार बसेको प्रमुख सचेतकहरुसँगको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बोहकका दिन संसद् चलाउने प्रस्ताव गरेका थिए।

बैठकमा सभामुखको प्रस्ताव अनुमोदन भएको बताइएको छ। 

बैठकमा सभामुख घिमिरेले भने,  ‘संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ। शिक्षकहरुले ऐन नलिई जान्न भन्नुभएको छ।’

Recent Comments

No comments to show.