नेपाल बैंकको नाफामा आश्चर्यजनक वृद्धि, २ अर्ब ७८ करोड पुग्यो

नेपाल बैंकको नाफामा आश्चर्यजनक वृद्धि, २ अर्ब ७८ करोड पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गत वर्ष करोडमै सीमित रहेको नेपाल बैंक लिमिटेडको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा झण्डै २ हजार प्रतिशतले वृद्धि भएको छ।

भर्खर सार्वजनिक भएको वित्तीय विवरणअनुसार बैंकले चालू आवको चैत मसान्तसम्म २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले जम्मा १३ करोड रुपैयाँ नाफा कमाएको थियो।

गत वर्षको तेस्रो त्रैमासिकमा बैंकको नाफा ऋणात्मक रहँदै ४५ करोड घाटामा पुगेको थियो। तर, चालू आवमा नाफामा नाटकीय सुधार देखिएको छ।

अन्य बैंकहरूको ब्याज आम्दानी घट्दो क्रममा रहेको समयमा नेपाल बैंकले भने ब्याज आम्दानी र सञ्चालन आम्दानी दुवैमा उल्लेख्य वृद्धि गरेको छ। चालू आवको चैत मसान्तसम्म बैंकले ७ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी र ८ अर्ब २८ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ।

गत वर्ष सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७७ करोड र खुद सञ्चालन आम्दानी ४ अर्ब रुपैयाँ मात्र रहेको थियो।

बैंकको लाभांश वितरण क्षमता पनि सुधारिएको छ। तेस्रो त्रैमासिकसम्म आइपुग्दा वितरणयोग्य नाफा ३० करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष भने वितरणयोग्य नाफा ऋणात्मक रहेकाले बैंकले लाभांश दिन सकेको थिएन।

नाफामा आएको यो बृद्धिलाई बैंकको व्यवस्थापनले सञ्चालन सुधार र जोखिम व्यवस्थापनको प्रभावकारिता भनेर व्याख्या गरेको छ।

Recent Comments

No comments to show.