नौ महिनामा ६५ प्रतिशतले बढ्यो नेपालको निर्यात व्यापार

नौ महिनामा ६५ प्रतिशतले बढ्यो नेपालको निर्यात व्यापार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। चालू आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालले निर्यात कारोबारमा उल्लेख्य वृद्धि हासिल गरेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १ खर्ब १३ अर्ब रुपैयाँको निर्यात भएकोमा यस वर्ष सो अवधि भित्र निर्यात ६५ प्रतिशतले बढेर १ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ।

त्यस्तै, आयात पनि समान अवधिमा करिब डेढ खर्ब रुपैयाँले बढेको छ। गत वर्ष ११ खर्ब ६७ अर्ब रुपैयाँको आयात भएकोमा यो वर्ष चैत मसान्तसम्म १३ खर्ब ९ अर्ब रुपैयाँको आयात भएको विभागले जनाएको छ।

कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले वृद्धि भई १४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा व्यापार १२ खर्ब ८१ अर्ब रुपैयाँमा सीमित थियो।

नेपालबाट सबैभन्दा बढी तेलजन्य पदार्थ निर्यात हुने क्रम जारी छ। चालू आर्थिक वर्षमा मात्रै ७४ अर्ब २८ करोड रुपैयाँ बराबरको तेलजन्य पदार्थ निर्यात भएको छ। त्यस्तै, १० अर्ब ७४ करोडको चिया तथा कफीजन्य पदार्थ, ७ अर्ब १६ करोडको काठजन्य वस्तु, १० अर्बको आइरन र स्टिल तथा ९ अर्ब ३० करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ।

निर्यात र आयात दुबैमा देखिएको यो वृद्धि नेपालको वैदेशिक व्यापार विस्तारतर्फको सकारात्मक संकेतको रूपमा विश्लेषण गरिएको छ।

Recent Comments

No comments to show.