विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । वैशाख ७ गते आइतबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो।

कम्पनीको आइपीओ ५ हजार १२९ जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी रहेको १.०५ कित्ता शेयर ३ जनालाई थप वितरण गरिएको छ । जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.५० कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये २ करोड २१ लाख ४३ हजार ४८० कित्ता शेयर खरिदका लागि परेको १९ लाख २० हजार ९३९ जनाको आवेदन स्वीकृत भएको छ । स्वीकृत भएका आवेदकहरुलाई ५१ हजार २९५.२५ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले गत चैत २१ गतेदेखि २६ गतेसम्म ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ ।

लगानीकर्ताले  https://iporesult.cdsc.com.np/  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

Recent Comments

No comments to show.